ललितपुर ३ बाट डा. तोसिमा कार्की विजयी

1 year ago

ललितपुर ३ बाट डा. तोसिमा कार्की विजयी

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएर निर्वाचित भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र ऊर्जामन्त्री समेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत पाएर पराजित पराजित भएका हुन् ।