सम्पदा यात्रा बस सञ्चालनमा

10 months ago

सम्पदा यात्रा बस सञ्चालनमा

 

काठमाडौंमा मंगलबारदेखि सम्पदा यात्रा बस सञ्चालनमा आएको छ । काठमाडौ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरिएको बस सेवाको ललितपुरको पुल्चोकमा पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गर्नुभयो ।

पुल्चोकस्थीत पर्यटक बसर्पाकपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महांकाल मन्दिर, दरवारमार्ग, नारायणहिटी दरवार, स्वयम्भू लगाएतका स्थान हुँदै पुन पुल्चोकसम्म आउने छ । परिक्षणका रुपमा सुरु गरिएको सम्पदा यात्रा बसको यात्रा एक सातासम्मका लागि निशुल्क गरिएको पर्यटनमन्त्री किराँतीले जानकारी दिनुभयो । उहाले बागमती प्रदेशसम्म समन्वय गर्दै छिटै भाडा दर तय गरिने बताउनुभयो । किराँतीले सम्पदा यात्रा बस सञ्चालन गर्न पनि निकै कठिन भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

सम्पदा घुम्ती सेवा अन्तर्गत पहिलो चरणमा साझा यातायातका दुई वटा विधुतिय बस सञ्चालन हुनेछन् ।