संघीय शिक्षा ऐन लागू गर्न माग गर्दै नेपाल शिक्षक महासंघको प्रदर्शन

11 months ago

संघीय शिक्षा ऐन लागू गर्न माग गर्दै नेपाल शिक्षक महासंघको प्रदर्शन

 

संघीय शिक्षा ऐन लागू गर्न माग गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शुक्रबार काठमाडौंको माइतिघर तत्काल संघीय शिक्षा ऐन लागू गर्नुपर्ने, बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने लगाएतका माग राख्दै महासंघले प्रदर्शन गरेका हुन् ।

उनीहरुले विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने, ६० बर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक विदाई गर्नुपर्ने, बालकक्षा शिक्षक (ईसीडी) लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग पनि राखेका छन् ।

त्यस्तै उनीहरुले यसअघि महासंघसंग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुले जनाएका छन् । आफ्ना मागहरु पुरा नभए निरन्तर प्रदर्शन गरिरहने उनीहरुले जनाएका छन् ।