शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्याल द्वारा काठमाडौं अदालतमा अभियोजनपत्र दायर

11 months ago

शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्याल द्वारा काठमाडौं अदालतमा अभियोजनपत्र दायर

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं अदालतमा अभियोजनपत्र दायर गरेको छ ।

बुधबार प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा २२४ पेज लामो अभियोग पत्र दायर गरेको सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले जानकारी दिनुभयो । उहाले यस प्रकरणमा प्रकाउ परेका माथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको उहाले बताउनुभयो । उनीहरुमाथि २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैया बिगो कायम गरिएको भट्टराईले जानकारी दिनुभयो ।

शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सरकारका सचिब टेकनारायण पाण्डे लगाएत १६ जना पक्राउ परेका छन् भने अन्य केहि फरार छन् ।