रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्छः शेरबहादुर तामाङ

11 months ago

रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्छः शेरबहादुर तामाङ

 

नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले रायमाझीलाई गैरन्यायिक हिरासतमा राखिएको आशंका गर्दै सरकारले नै उनको अवस्थाका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभएको हो । नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्याउने बताउनुभयो । उहाले उक्त प्रकरणको अनुसन्धान प्रक्रियामा सिमित मान्छेहरुलाई कारबाही गरेको देखाएर कतै अरुलाई उम्काउन त खोजिएको भन्दै प्रश्न गर्नुभयो । तामाङले वर्तमान सरकारले पाँच वर्षभन्दा पूरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने ढंगले संसद्बाट कानून पारित गर्न खोजेको पनि आरोप लगाउनुभयो ।

त्यस्तै जसपाका नेता राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि उनीहरुलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राष्ट्रघात भएको बताउनुभयो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि सुशासनको पक्षमा काम गर्ने ऐतिहासिक अवसर भएको भन्दै उहाले यसर्लाइ निष्कर्षमा पुराउनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रकी नेतृ कल्पना धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधिनतामा पनि खलल पुर्याएको भन्दै यसमा संलग्न दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो ।

उहाले नागरिकले चाहेको सुशासन वर्तमान सरकारले कायम गर्नसक्ने भन्दै यसलाई निश्कर्षमा पुर्याउनुपर्ने धारणा राख्नुभयो ।