भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गर्न दवावको कुटनीति बनाएको एमालेको तर्क

10 months ago

भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गर्न दवावको कुटनीति बनाएको एमालेको तर्क

 

नेकपा एमालेले भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गर्न दवावको कुटनीति बनाएको तर्क गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा एमाले सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दवावको कुटनीति बनाएको तर्क गर्नुभएको हो ।

भारतले आफ्नो एजेण्डा पुरा गर्नका लागि नेपाललाई दवाव दिएको उहाले बताउनुभयो । उहाले दवावको कुटनीतिमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । पन्तले स्वतन्त्र देशको प्रधानमन्त्रीले राष्ट्रको स्वार्थलाई हेरेर एजेण्डा तय गर्नुपर्नेमा जोड दिनुभयो । उहाले नेपालले असंलग्न परराष्ट्र नीतिबाट सन्तुलन गुमाउदै जानु दुखद कुरा भएको जिकिर गर्नुभयो ।

उहाले नेपालको बित्तिय गोपनीयता बिदेशको हातमा जाने खतरा देखिएको भन्दै यसप्रति सजक हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।