भुटानी शरणार्थी प्रकरणमा भएका अनुसन्धानका बारेमा सदनमा जानकारी गराउन एमालेको माग

10 months ago

भुटानी शरणार्थी प्रकरणमा भएका अनुसन्धानका बारेमा सदनमा जानकारी गराउन एमालेको माग

 

नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएका अनुसन्धानका बारेमा सदनमा जानकारी गराउन माग गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गैरेले भ्रष्टाचारविरुद्ध सिंगो देश आन्दोलित भइरहेको अवस्थामा सरकारले यस बिषयमा सदनमा जानकारी गराउन माग गर्नुभएको हो । उहाले नक्कली शरणार्थी प्रकरणका बिषयमा पटक पटक सदनमा आवाज उठेको र यसअघि सभामुखले दिनुभएको निर्देशन सरकारले पालना नगरेको जिकिर गर्नुभयो । उहाले एमालेको बैठकले नै जघन्य अपराध गर्नेमाथि कारवाी गर्न माग गरेको भन्दै उहाले यसको निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा रास्वपाका सांसद मनिष झाले तीन दलका नेताहरु निरन्तर भेट्नुमा आशंका पैदा भएको बताउनुभयो । उहाले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंंकास्पद व्यक्तिहरुलाई घेरामा राखेर अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाले उक्त प्रकरणमा निष्पक्ष अनुसन्धान नभए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।