बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्न वाग्लेको सुझाव

10 months ago

बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्न वाग्लेको सुझाव

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले सरकारको बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा वाग्लेले नीति तथा कार्यक्रममा रहेको बिषयबस्तु बजेटमा समेत समावेश हुने भएकाले यसलाई नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव गर्नुभयो । बजेटमा छुट्टाइएका रकमहरु नीति तथा कार्यक्रमको कुनै दफामा टेकेर आएको छ भनेर पुष्टि भयो भने मात्रै उत्तरदायित्व हुने नभए कालो अक्षरको थुप्रो मात्रै हुने उहाले बताउनुभयो ।

नीति, नियत र क्षमताका आधारमा यथार्थपरक, विश्वसनिय र आशा जगाउने खालको बजेट ल्याउन उहाले सरकारलाई सुझाव दिनुभयो । वाग्लेले दोहनकारी राज्य नीति, विकृत निर्माण व्यवसायी र राजनीतिको खराव गठजोड तोड्नका लागि सिर्जनशील भएर अगाडि जानुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाले सरकारले लिने लक्ष्य पुरा गर्नका लागि कार्ययोजना बनाएर नै कार्यक्रमलाई अघि बढाउन सुझाव पनि दिनुभयो ।