पुलिस क्लब रेलिगेसन जोनबाट बाहिरियो

11 months ago

पुलिस क्लब रेलिगेसन जोनबाट बाहिरियो

 

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब रेलिगेसन जोनबाट बाहिरिन सफल भएको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २–१ ले पराजित गर्दै पुलिस रेलिगेसन जोनबाट बाहिरिन सफल भएको हो । पुलिसका लागि मोजेस ग्याबा खेलको आठौं मिनेट र मोहमद आशिकले ७९ औं मिनेटमा गोल गरेका थिए । संकटाका लागि एकमात्र गोल निशान खड्का खेलको २३ औ मिनेटमा गरेका थिए । जितसँगै पुलिस ११ औं स्थानमा उक्लिएको छ । पुलिसको १७ खेलमा १९ अंक छ । समान खेल खेलेको संकटाको २० अंक रहेको छ ।

त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा हिमालयन शेर्पासंग १–१ को बराबरी खेल्दै मनाङ मस्र्याङ्दी क्लव अंक बाड्न बाध्य भएको छ । खेलमा मनाङका लागि निराजन धामीले १३ औं मिनेटमा गोल गरेका थिए भने हिमालयनका लागि अबायानी फकुल्नीले ३६ औं मिनेटमा गोल गरेका थिए । बराबरीसंगै मनाङ १७ खेलबाट २१ अंक रहेको छ भने हिमालयनको १७ खेलमा २१ अंक रहेको छ ।