नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पुर्णरुपमा सहयोग गर्छः भट्टराई

11 months ago

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पुर्णरुपमा सहयोग गर्छः भट्टराई

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पुर्णरुपमा सहयोग गर्ने बताउनुभएको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताउनुभएको हो । उहाले पार्टीकै अन्य नेताहरुको नाम आएपनि प्रहरी बोलाए बयानका लागि जानुपर्ने जिकिर गर्नुभयो । भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परेपनि बयानका लागि जाने बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको पहरो तानिएपनि अनुसन्धानबाट पछि हट्न नहुने बताउनुभयो । उहाले यस प्रकरणमा नाम आएकाले प्रहरीसमक्ष गएर बयान दिएर अनुस्न्धानमा सघाउनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै यस प्रकरणमा नाम आएका बहालवाला पदाधिकारीहरुले पनि सम्बन्धीत पदबाट हटेर अनुसन्धानमा सघाउनुपर्ने बताउनुभयो ।

त्यस्तै कांग्रेस सांसद रामहरी खतिवडाले निष्पक्ष छानविन हुनुपर्ने र बयानमा नाम आएकाहरुले पनि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषीलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने धारणा राख्नुभयो ।