नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै दवाव विना निष्पक्ष छानविन गर्नुपर्नेमा विद्यार्थी नेताहरुको जोड

11 months ago

नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै दवाव विना निष्पक्ष छानविन गर्नुपर्नेमा विद्यार्थी नेताहरुको जोड

 

बिभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै दवाव विना निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको पनि अपराध भएकाले कुनै दवाव विना निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले न्यायिक निष्कर्षमा पुराउछ कि पुराउदैन भन्ने प्रश्न उठेकाले दोषीलाई कारवाही गर्न सरकार पछि हट्न नहुने बताउनुभयो । उहाले राम्रो काम गर्नका लागि सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकारलाई कमजोर पार्ने काम गर्न नहुने धारणा राख्नुभयो ।

त्यस्तै एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुराउन सहयोग गर्ने भन्दै यसलाई पार्टीसंग जोडेर हेर्न नहुने बताउनुभयो । उहाले यस प्रकरणले विश्वजगतमा नेपालको नाम बदनाम भएकाले राष्ट्रद्रोह गर्नेलाई कारवाही हुनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको साथमा रहेको भन्दै कुनै दवाव र प्रभावमा नपर्न खवरदारी गर्नुभयो ।

त्यस्तै अन्य विद्यार्थी संगठनका नेताहरुले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै भेदभाव नगरि संलग्न सवैलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका थिए ।