नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छुट नदिन प्रधानमन्त्रीलाई राप्रपाले बुझायो ज्ञापन पत्र

11 months ago

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छुट नदिन प्रधानमन्त्रीलाई राप्रपाले बुझायो ज्ञापन पत्र

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छुट दिन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा राप्रपाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रघाती र देशद्रोही काम भएको र यसले अन्तराष्ट्रिय जगतमा समेत नेपालीले शिर निहुराउनुपर्ने अवस्था आएको भन्दै यस प्रकरणमा संलग्नलाई पनि छुट दिन नहुने भन्दै ज्ञापन पत्र बुझाएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिगतको भ्रष्टाचारको छानविनजस्तो गायव गर्ने काम गर्न नहुने र दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो । उहाले विगतका ठुल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गर्नसमेत माग गरिएको जानकारी दिनुभयो । छानविनलाई दवाव दिनका लागि राप्रपाले सदन र सडकबाट दवाव दिने उहाले बताउनुभयो ।

राप्रपाको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले अन्तराष्ट्रिय चासोको बिषय समेत बनेको नक्कली भुटानी शरणार्थी प्रकरणबाट सरकार पछि नहट्ने भन्दै जोसुकैलाई पनि कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभयो ।