नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरियोः आरजु

11 months ago

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरियोः आरजु

 

नेपाली कांग्रेसकी सांसद आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा देउवाले देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा बढेको र यस प्रकरणमा आफ्नो चरित्र हत्या भएको गुनासो गर्नुभएको हो ।

उहाले उक्त प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडियो फरेन्सिक जाँचका सीआईबी र साइबर क्राइम सेलमा उजुरी दिदा सुरुमा दर्ता गर्न नमानेको बताउनुभयो । उहाले यस प्रकरणको सत्यतथ्य छिट्टै आउनुपर्ने बताउनुभयो । उहाले अहिले मुलुक छाडेर विदेशीन बाध्य हुनुपर्ने अवस्था अन्त्यका लागि पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय नभइ नेपालको नागरिकहरूको साझा विषय भएकाले साझा संकल्प सहि अघि बढ्नुपर्ने बताउनुभयो । उहाले शरणार्थी प्रकरणलाई अहिले बिषयान्तर गर्न नहुने र सत्यतथ्यमा पुराउनका लागि सहयोग पुराउनुपर्ने सवैको दायित्व भएको धारणा राख्नुभयो ।

त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई आजिवन कारावास हुने गरि कानून निर्माण गर्नुपर्ने बताउनुभयो । उहाले अव यसअघि भएका ठूला–ठूला भ्रष्टाचारका काण्डहरुलाई पनि अनुसन्धान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाले बिभिन्न बहानामा भ्रष्टाचारका मुद्धाहरुलाई कमजोर बनाउन खोजे भ्रष्टाचारलाई न्युनीकरण गर्न नसकिने बताउनुभयो ।