नक्कली भुटानी शरणार्थी प्रकरणका सवै अपराधीलाई कडा कारवाही गर्नुपर्ने भन्दै नेकपा एसको प्रदर्शन

10 months ago

नक्कली भुटानी शरणार्थी प्रकरणका सवै अपराधीलाई कडा कारवाही गर्नुपर्ने भन्दै नेकपा एसको प्रदर्शन

 

नक्कली भुटानी शरणार्थी प्रकरणका सवै अपराधीलाई कडा कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतिघरमा एकीकृत समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले यस प्रकरणमा कुनै पनि दवावका कारण पछि हट्न नहुने जनाएका छन् । उनीहरुले यस प्रकरणमा निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नढकेल्न समेत ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले भ्रष्टाचार बिरुद्धको आन्दोलनको उद्घोष गरेको र यसलाई देशव्यापी बनाउने बताउनुभयो । राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उहाले बताउनुभयो ।

समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सवै प्रकारका भ्रष्टाचारहरुलाई छानविन गर्नुपर्ने जनाएका छन् ।