टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

11 months ago

टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंले उक्त प्रकरणमा अनुसन्धानका लािग हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरेको हो । शरणार्थी प्रकरणमा फरार रायमाझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै उक्त प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएको छ । सोमबार बयान नसकिएकाले मंगलबार पनि बयान लिइने सरकारी वकिलको कार्यालयले जनाएको छ ।