छिटै केन्द्र लगाएत सवै प्रदेशका सरकारहरुले पूर्णता पाउछः नेपाल

11 months ago

छिटै केन्द्र लगाएत सवै प्रदेशका सरकारहरुले पूर्णता पाउछः नेपाल

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छिटै केन्द्र लगाएत सवै प्रदेशका सरकारहरुले पूर्णता पाउने बताउनुभएको छ ।

एकीकृत ट्रेड युनियन महासंघ, नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले भर्खरै उपनिर्वाचन सम्पन्न भएको भन्दै अव सवै सरकारहरुले पूर्णता पाउने बताउनुभएको हो । अध्यक्ष नेपालले अव पार्टीको ध्यान समाजवादी मोर्चा बनाउने कुरामा केन्द्रीत हुने जिकिर गर्नुभयो ।

उहाले पार्टी दोश्रो चरणको संगठन सुदृढिकरणको अभियानमा जुटेको जानकारी दिदै पहिलो चरणको अभियानबाट प्राप्त भएका अनुभवका आधारमा अघि बढ्ने बताउनुभयो । पार्टीभित्र पद ओगट्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने र जनताको भावना अनुसार संगठनहरु चल्नुपर्ने उहाले बताउनुभयो ।

उहाले मजदुर आन्दोलनले नै कम्युनिष्ट आन्दोलनलाई शिक्षा दिएको भन्दै मजदुर संगठनले औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका मजदुरको हित हुने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष नेपालले संगठनको पहिलो महाधिवशेनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।