कृषि ऐन बनाउने तयारी भइरहेको मन्त्री भुसालको जानकारी

10 months ago

कृषि ऐन बनाउने तयारी भइरहेको मन्त्री भुसालको जानकारी

 

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भएपनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेको जानकारी गराउनुभएको हो । मूल कृषि ऐन बनाउदा यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहज हुने उहाले बताउनुभयो ।

त्यस्तै मन्त्री भुसालले मल ल्याउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । यो बर्ष ३८ अर्व भन्दा बढिको मल आयात गरेको भन्दै आगामी आर्थिक बर्षमा त्यहि अनुसारको तयारी गर्नुपर्ने उहाको भनाइ छ । मन्त्री भुसालले कृषि उत्पादनमा बृद्धि गरेर आयात प्रतिष्थापन गरेको निर्यात प्रवद्र्धन गर्ने नीति रहेपनि त्यसअनुसार राज्यले लगानी गर्न नसकेको धारणा राख्नुभयो । अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएपनि यस क्षेत्रमा बजेटको समस्या हुने गरेको उहाले बताउनुभयो ।

उहाले अहिले रैथाने बालीलाई पनि प्राथमिकतामा राख्दै जमिन र बढि उत्पादनशिल बीउ आवश्यक रहेको बताउनुभयो । उहाले तराईका ५० प्रतिशत जमिन अझैपनि सिंचाईबाट वञ्चित हुन पुगेको र जनशक्तिका अभावका कारण जमिनहरु बाँझो रहने अवस्था देखिएको र जसका कारण उत्पादनमा कमी हुने गरेको पनि बताउनुभयो ।