क्रिकेट खेलाडीले जनही ६ लाख रुपैयाँ पुरस्कार पाउने

11 months ago

क्रिकेट खेलाडीले जनही ६ लाख रुपैयाँ पुरस्कार पाउने

 

सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रतियोगीतामा बिजयी प्रत्येक खेलाडी र प्रशिक्षकलाई जनही ६–६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै टीम अफिसियललाई जनही ३ लाखका दरले पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

बैठकले कीर्तिपुरको टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय भएको उहाले बताउनुभयो ।