एमाले निकट युवा–विद्यार्थी संगठनको भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन

11 months ago

एमाले निकट युवा–विद्यार्थी संगठनको भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन

 

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नक्कली शरणार्थी प्रकरण लगाएत सवै प्रकारका भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने भन्दै एमाले निकट अनेरास्ववियु तथा युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् । उनीहरुले

दोषी नछुटुन्, निर्दोष नफसुन, कुनै पनि दवावमा भ्रष्टाचारीलाई उन्मुक्ति नदेउ लगाएतका नारावाजी गरेका थिए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले माओवादी क्यान्टोन्टमेन्टमा पनि भ्रष्टचार भएको भन्दै अनुसन्धान गर्न माग गरेका थिए । प्रदर्शनकारीले बढ्दो महङ्गी नियन्त्रण गर, भ्रष्टाचार अन्त्य गर, सवै खालको भ्रष्टाचारको छानविन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर खवरदारी गर्ने उनीहरुले जनाएका छन् ।