आरोप प्रत्यारोपमा उत्रिएर संसदको थलोलाई दुरुपयोग नगर्न लामिछानेको आग्रह

11 months ago

आरोप प्रत्यारोपमा उत्रिएर संसदको थलोलाई दुरुपयोग नगर्न लामिछानेको आग्रह

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोप प्रत्यारोपमा उत्रिएर संसदको थलोलाई दुरुपयोग नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा लामिछानेले मुलुकको आर्थिक अवस्थाका बारेमा सवै दलहरु गम्भीर हुनुपर्ने भन्दै आरोप प्रत्यारोपमा उत्रिएर संसदको थलोलाई दुरुपपयोग नगर्न आग्रह गर्नुभएको हो । उहाले नीति तथा कार्यक्रममार्फत मुलुकको वर्तमान अवस्थाको इमान्दरीतापूर्वक समिक्षा हुनुपर्ने धारणा राख्नुभयो । ५ महिना सरकार गठन र पुनर्गठनमा व्यतित भएको र आर्थिक बृद्धि अत्यन्तै न्यून भएको तथ्यलाई आत्मसाथ गरेर मात्रै कार्यक्रम आउनुपर्नेमा त्यसो हुन नसकेको उहाको भनाइ छ । सभापति लामिछानेले अर्थतन्त्र गम्भीर अवस्थामा रहदा पनि यसलाई राजनीतिक तथा प्रशासनिक नेतृत्वले गम्भीरतापूर्वक लिएको नदेखिएको तर्क गर्नुभयो । अरुलाई मितव्ययीको सुझाव दिने सरकार आफैले फजुल खर्चमा प्रोत्साहन गरिरहेको देखिएको उहाले बताउनुभयो ।

उहाले अहिलको करको दायरा हेर्दा राजनीतिक दल र नेतासंग निकट भएका व्यवसायीहरुसंग प्रभावित भएजस्तो देखिएकाले यसलाई सम्बोधन गर्ने कुनै शव्द नरहेको जिकिर गर्नुभयो । उहाले रास्वपाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भएपनि विरोधका लागि विरोध नगर्ने तर सरकारले गलत गरेको छ भने सदन र सडकमा उठाउन तयार रहेको स्पष्ट पार्नुभयो ।