आगामी आर्थिक बर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रीत हुन्छः अर्थमन्त्री

11 months ago

आगामी आर्थिक बर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रीत हुन्छः अर्थमन्त्री

 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक बर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रीत हुने बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक बर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउन बनाउनका लागि समयमा नै पूँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि नीति अवलम्वन गरिने बताउनुभयो । उहाले समयमा नै पूँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राख्नुभयो । अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नका लागि पहिलो दिन देखि महिना महिनामा अनुगमन गर्ने उहाले बताउनुभयो ।

मन्त्री महतले राजस्व चूहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गर्नुभयो । उहाले यो आर्थिक बर्षमा ८ प्रतिशत आर्थिक बृद्धि नहुने भन्दै आगामी बर्ष समावेशी र फराकिलो आर्थिक बृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो । उहाले करमा केहि घरनालाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रीत हुनुपर्ने भन्दै उहाले बिलासिताको वस्तुको आयात रोक्ने बिषय मुख्य नभएको उल्लेख गर्नुभयो । उहाले अनावश्यक साधारण खर्च नगर्ने प्रतिवद्धता सहितको बजेट उन्मुख हुने पनि बताउनुभयो ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थीतिलाई मध्यनगर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताउनुभयो । अहिलेको चूनौतिपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उहाले बताउनुभयो ।