सशस्त्र द्वन्दका कारण पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि दिए काठमाडौंमा धर्ना

1 year ago

सशस्त्र द्वन्दका कारण पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि दिए काठमाडौंमा धर्ना

 

सशस्त्र द्वन्दका कारण पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि काठमाडौंमा धर्ना दिएका छन् ।

संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकमा पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन् ।

उनीहरुले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तीको माग गर्नुका साथै पिडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरुले द्वन्द्वका बेला वेपत्ता भएका नागरिकलाई सार्वजनिक गर्न पनि माग गरेका छन् । उनीहरुले आफुहरुको माग पुरा नभएसम्म राज्यलाई ध्यानाकर्षण गराउनका लािग प्रदर्शन गरिरहने जनाएका छन् ।