संविधान नै नमान्नेहरुसंग सहकार्य गरेर एमालेलाई संविधान विरोधी भनेर प्रचार गरियोः पोखरेल

1 year ago

संविधान नै नमान्नेहरुसंग सहकार्य गरेर एमालेलाई संविधान विरोधी भनेर प्रचार गरियोः पोखरेल

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरुसंग सहकार्य गर्नेहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद बिघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरुसंग सहकार्य गर्ने पार्टीहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताउनुभएको हो ।

उहाले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गर्नुभयो । उहाले मुलुकलाई अघि बढाउन बाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने धारणा राख्नुभयो । अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणीत गरेको अवस्थामा एमाले मात्रै समग्र बामपन्थीको मुख्य शक्ति भएको उहाले बताउनुभयो । पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वश्नीयता पनि कम हुदै गएको बताउनुभयो । उहाले आफ्नो सौदाबाजीको माध्यम अदालतलाई बनाउने नियत स्पष्ट देखिएको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला सचिव सचिव सुदर्शन मिश्र लगाएतका नेताहरुलाई एमाले महासचिव पोखरेलले पार्टीमा स्वागत गर्नुभएको थियो ।