संघीय निजामती सेवा ऐनलाई सदनमा पेश गर्ने तयारी हुदै

1 year ago

संघीय निजामती सेवा ऐनलाई सदनमा पेश गर्ने तयारी हुदै

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनलाई सदनमा पेश गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री मोदीले संघीय निजामती सेवा ऐनलाईलाई सदनमा पेश गर्न पहिलो दिनदेखि नै लागिपरेको भन्दै छिटै उक्त ऐन सदनमा पेश हुने जानकारी दिनुभएको हो । उहाले ऐनलाई अघि बढाउनका लागि आफुले सवै सरोकारवालहरुसंग छलफल गरेर विवादीत बिषयलाई हल गरेको बताउनुभयो । संघीय निजामती सेवा ऐन निकै पेचिलो बन्दै गएको भन्दै उहाले उक्त ऐन आए संघीय संरचनामा देखिएका केहि समस्याहरु हल भएर जाने बताउनुभयो । उहाले ऐनमा रहेका बिषयहरुलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिने भन्दै अहिले कै संसदबाट ऐनलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले स्थानीय तथा प्रदेश तहले आफु अनुकुलको कर्मचारी माग्ने गरेका कारण समस्या हुने गरेको पनि बताउनुभयो ।