विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरि मनाइयो

1 year ago

विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरि मनाइयो

 

विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइएको छ ।

दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी बिभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । यसै अवसरमा ललितपुरको पाटन दरवार क्षेत्रबाट लुभुको महालक्ष्मी मन्दिरसम्मको साइकल ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन लगाएत सहभागी थिए । त्यसअघि साइकल ¥यालीलाई हरियो झण्डा देखाउदै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले पृथ्वीलाई जोगाउनका लागि पेट्रोलियम पदार्थलाई न्युनिकरण गर्दै वातावरण सुधारका लागि साइकल चढ्ने परम्परा बसाउनुपर्ने बताउनुभयो । उहाले महानगरका अधिकांश स्थानमा साइकल लेन निर्माण गरिएको जानकारी दिनुभयो ।

सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।