राष्ट्रिय हित सर्वोपरी राखेर नै आवश्यक ऐन कानून निर्माण गरिन्छः शर्मा

11 months ago

राष्ट्रिय हित सर्वोपरी राखेर नै आवश्यक ऐन कानून निर्माण गरिन्छः शर्मा

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय हित सर्वोपरी राखेर नै आवश्यक ऐन कानून निर्माण गरिने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री शर्माले मन्त्रालयमा छलफल नै नभएको बिषयमा सञ्चारमाध्यममा समाचार आइरहेको भन्दै राष्ट्रिय हित सर्वोपरी राखेर नै आवश्यक ऐन कानून निर्माण गरिने बताउनुभएको हो ।

दुरसञ्चार, चलचित्र , रेडियो लगाएतका ऐन कानूनहरु समयसापेक्ष परिमार्जन गर्दा सरोकारवालाहरुको सुझाव लिईने उहाले बताउनुभयो । उहाले बाहिर आएका नकारात्मक कुराहरुका कारण समयमा नै कानून निर्माण हुन नसक्ने अवस्था पनि आउन सक्ने जिकिर गर्नुभयो । मन्त्री शर्माले सरकारी विज्ञापनको बितरणका क्रममा भएको त्रुटिहरुलाई पनि सम्बोधन गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उहाले सञ्चारजगतका समस्या सम्बोधनका लागि पनि मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने गरिएको थियो ।