मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको छः श्रेष्ठ

11 months ago

मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको छः श्रेष्ठ

 

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभएको हो ।

अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रीत भएको उहाले बताउनुभयो । उहाले निजिक्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तात्कालिक समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा राख्नुभयो ।

उहाले छिटै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने दावी गर्नुभयो ।