मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस मनाइयो

1 year ago

मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस मनाइयो

 

प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस बिभिनन कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

स्मृति दिवसका अवसरमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले बुधबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा अधिकारीको शालिकमा माल्यार्पण गर्नुका साथै र उहाँका विचार र योगदानको स्मरण गरिएको थियो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल, पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगाएतले अधिकारीको शालिकमा पुष्पगुच्छा अर्पण गरी उहाँप्रति सम्मान प्रकट गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिमा दुई ध्रुव देखापरेको र एमालेले राजनीति स्थायीत्वको कुरा गर्ने गरेको बताउनुभयो । अर्को पक्ष सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धनका रुपमा रहेको उहाले बताउनुभयो । पोखरेलले गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लैजाने काम गरिरहेको आरोप लगाउनुभयो ।

विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको सरकारको पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैं बनाउँ’र ‘नौ स’को अभियानजस्ता अभियान सुरु गर्नुभएको थियो । अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।