मिटरब्याजी पीडितहरुको आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन

1 year ago

मिटरब्याजी पीडितहरुको आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन

 

चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने मागसहित मिटरब्याजीबाट पीडितहरुले आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

मिटर व्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन गर्दै सिंहदरबार जान लागेका उनीहरुले प्रहरीले भद्रकालीमा नै रोकेका थियो । उनीहरुले चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राखेका छन् ।

विरोधका क्रममा उनीहरुले फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यस्तै आफ्ना मागहरुका बिषयमा सरकारसंग छलफल गर्न मिटरब्याज पीडितहरुले वार्ता टोली समेत गठन गरेका छन् ।