मुकुन्द न्यौपानेले गरे साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग

1 year ago

मुकुन्द न्यौपानेले गरे साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग

 

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गर्नुभएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानले पार्टीका शिर्ष नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

पार्टी सुधारका लागि आफुले ३३ बुँदे लिखित सुझाव नै दिएपनि उल्टै आफुलाई स्पष्टिकरण सोधिएको उहाले बताउनुभयो । न्यौपानेले सत्तागठबन्धनको दलदलमा पार्टी पद्धती र प्रक्रिया बिपरित नेताहरु फसेको आरोप लगाउनुभयो । उहाले स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभा निर्वाचनसम्म आउदा नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको र सवै आफ्नो स्वार्थमा निहित भएको बताउनुभयो । भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि पार्टी परित्याग गरेको उहाको भनाइ छ । न्यौपानेले आफुमात्रै नभएर पार्टीभित्रका अन्य नेताहरुको पनि असन्तुष्टि रहेको दावी गर्नुभयो । उहाले देशभरका नेता कार्यकर्तालाई एकजुट पारेर एमालेसंग एकता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

न्यौपानले विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी मार्क्सवादका दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भएका कारण समाजवादीको कुनै भविष्य नदेखेको जिकिर गर्नुभयो ।