पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

1 year ago

पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

 

पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै माओवादी केन्द्र निकट मोर्चाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन् । प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न अनुरोध गरिएको माओवादी नेता सुरेश कुमार राईले जानकारी दिनुभयो । षडयन्त्रपूर्वक ढंगले प्रदेश १ मा कोशी नामाङ्करण भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने उहाको भनाइ छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले पहिचानका निम्ती माओवादी लड्दै आएकाले पहिचानमा आधारमा नामाङ्करण गर्न पहल गर्ने आश्वासन दिनुभएको राईले बताउनुभयो ।

त्यस्तै पहिचानका मुद्धालाई माओवादीले नछोड्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको उहाले जानकारी दिनुभयो । त्यस्तै आफ्ना आन्दोलनलाई संयमताका साथ अघि बढाउन पनि प्रचण्डले निर्देशन दिनुभएको राईले बताउनुभयो ।