प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलन गर्ने बारको चेतावनी

11 months ago

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलन गर्ने बारको चेतावनी

 

नेपाल बार एशोसिएसनले अवको दशदिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका बिषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलन गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका नेतृत्वबिहीन भएको एक बर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नवढेको भन्दै अव बार चूप लागेर नवस्ने बताउनुभयो ।

उहाले व्यवस्थापिका र कार्यपालिकाले सर्वोच्च लगाएतका न्यापालिकालाई हेपेको बारको ठहर रहेको जिकिर गर्नुभयो । उहाले सात देखि १० दिन सम्म प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै घिमिरले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालत र जिल्लामा समेत न्यायाधीश खाली रहेकाले संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो ।

उहाले अदालतको पेशी पूर्ण रुपमा स्वचालित प्रणालीबाट हुनुपर्ने, प्रधानन्याधिशमाथिको महाभियोगलाई किनारा लगाउनुपर्ने लगाएतका बिषयलाई सम्बन्धीत निकायले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।