प्रचण्ड सरकारको सय दिन उपलव्धीविहिन भयोः रघुजी पन्त

1 year ago

प्रचण्ड सरकारको सय दिन उपलव्धीविहिन भयोः रघुजी पन्त

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको सय दिन उपलव्धीविहिन भएको जनाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले सय दिनको अवधिमा सरकारलाई समेत पूर्णता दिन नसकेको भन्दै भ्रष्टाचार बढ्नेबाहेक कुनै उपलव्धी नभएको बताउनुभएको हो । वर्तमान सरकार नीतिहिन, सिद्धान्तहिन बिचारहिन र कार्यक्रमहिन भएको उहाले बताउनुभयो ।

उहाले जनताले व्यवहारमा सरकार छ भन्ने अनुभव नै गर्न नसकेको धारणा राख्नुभयो । वर्तमान सरकारले कुनै निकास दिन नसक्ने भन्दै कति पटक प्रधानमन्त्री बन्नुभयो भन्ने कुरा प्राथमिक हुन नसक्ने उहाको भनाइ छ । उहाले एनसेनलाई सरकारी स्वामित्वमा आउन नदिनका लागि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार भइरहेको आरोप लगाउनुभयो । उहाले सरकारसंग सम्बन्धी प्रश्नैप्रश्न रहेपनि प्रधानमन्त्रीले कुनै जवाफ दिन नसकेको तर्क गर्नुभयो ।

उहाले अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने कुरा भइरहेको र यहि नै सरकारको १०० दिनको उपलव्धी भएको जिकिर गर्नुभयो ।