नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन चल्दै

11 months ago

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन चल्दै

 

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाको दोस्रो दिन बुधबार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको छ ।

महासंघका प्रतिनिधिले वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका सदस्य चयनका लागि मतदानमा भाग लिएका हुन् । निर्वाचनमार्फत आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच त्रिपक्षीय प्रतिस्पर्धा छ । संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहनुभएको छ ।

अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार हुनुहुन्छ साथै उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार हुनुहुन्छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका बिहाबार फेरि मतदान हुनेछ ।