एमालेलाई ध्वस्त पार्ने सवै षडयन्त्रलाई चिर्न सफल भयौः ओली

1 year ago

एमालेलाई ध्वस्त पार्ने सवै षडयन्त्रलाई चिर्न सफल भयौः ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ध्वस्त पार्ने सवै षडयन्त्रलाई चिर्न सफल भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघको सातौ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले एमालेलाई सिद्धाउन र ध्वस्त पार्न अनेक षडयन्त्र भएको भन्दै त्यसलाई चिर्दे अहिले एमालेलाई बलियो र सवल पार्टी बनाइएको बताउनुभयो । आजको अवस्थामा पार्टी सुरक्षित भएर देशको प्रमुख पार्टीको हैसियतमा उभिन सफल भएको उहाको भनाइ छ । उहाले एमाले फुटाउनका लागि बिचार नभई पद बाड्ने खेल भएको र त्यसलाई पनि पराजित गरिएको उल्लेख गर्नुभयो । ओलीले आजको वर्तमान एमालेभित्र कुनै गुटबन्दी नरहेको भन्दै स्वार्थका आधारमा नचल्न निर्देशन दिनुभयो ।

उहाले समृद्ध नेपाली सुखी नेपाल बनाउने लक्ष्य र नेपाली जनतालाई भ्रमबाट मुक्त गर्नका लागि महिला संघ एकढिक्का भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।