आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु छः सभामुख घिमिरे

1 year ago

आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु छः सभामुख घिमिरे

 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताउनुभएको छ ।

लायन्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठूलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगेपनि अहिले आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताउनभएको हो । उहाले अहिलेको प्रणाली र प्रणालीलाई नेतृत्व गरेका नेताहरुलाई कुर्सीका लागि मात्रै होडबाजी हो की भन्ने आशंका समाजवाट भइरहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले पदका लागि नभई सेवाभावका लागि अघि बढ्न लायन्सलाई सुझाव दिनुभयो । उहाले क्लबमार्फत समाजलाई आइपरेका बिपत्तीहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

सभामुख घिमिरेले अन्धोपन हटाउनका साथै शिक्षा र स्वास्थ्यको बिकासमा लायन्स क्लवले खेलेको भूमिकाको प्रसंसा गर्नुभयो ।