अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्छः महत

1 year ago

अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्छः महत

 

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा आर्थिक मिडिया संचालक संघसंगको छलफलका क्रममा अर्थमन्त्री महतले राजस्वको आन्तरिक र बाह्य समस्याका कारण राजस्व न्युन भएको अवस्थामा अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाले मुलुकको अर्थतन्त्रमा चाडैनै सकारात्मक परिवेश सिर्जना हुने दावी गर्नुभयो । उहाले अर्थमन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा अर्थतन्त्र सुधारका लागि आवश्यक मौद्रीक नीतिमा ध्यान दिइने बताउनुभयो । साधारण खर्चलाई कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उहाले बताउनुभयो । अर्थमन्त्री महतले बजेट आउन थोरै समय बाँकी रहेका बेला सरोकारवाला सवै निकायसंग छलफल गरेर काम गर्ने जिकिर गर्नुभयो ।

उहाले स्वदेशी र वैदेशिक लगानीको वातावरण बनाउदै आम्दानीको दायरालाई बढाउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।