१६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पुरा

1 year ago

१६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पुरा

 

नेपाल एथलेटिक्स एसोसियसनले १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको छ ।

एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन २३ गते मंगलबार काठमाडौंमा हुने च्याम्पियनसिपको तयारी पुरा भएको नजाएको हो । एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा हुने प्रतियोगितामा बिभिन्न ११ राष्ट्रका ६५ खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । जसमा सवैभन्दा धेरै नेपालका १९ खेलाडीको सहभागीता रहने एसोसियसनका अध्यक्ष राजीव विक्रम शाहले जानकारी दिनुभयो । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने उहाले बताउनुभयो ।

च्याम्पियनसिपका लागि एसियन एथलेटिक्सका अध्यक्ष जेनेरल दालान अ हमाद पनि नेपाल आउनुभएको छ । पत्रकार सम्मेलनमा हमादले क्रस कन्ट्री च्याम्पियनसिप विश्वकै एक महत्वपूर्ण प्रतियोगीता रहेकाले सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो । यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो ।