११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

1 year ago

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

 

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस, बिभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइएको छ ।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ । दिवसको यस वर्षको नारा डिजिटल ः आविष्कार र प्रविधिमा लैंगिक समानता भन्ने रहेको छ । नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।

दिवसका अवसरमा ललितपुर महानगरपालिकाले साइकल, व्हीलचेयर र्याली तथा पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । ललितपुरको जावलाखेलबाट सुरु भएको पदयात्रा तथा र््याली मंगलबजार पुगेर समापन भएको थियो । त्यस्तै महानगरले महिला उद्यमीहरुद्वारा उत्पादित बस्तुहरुको प्रदर्शनी गरेको थियो ।