सहिद स्मारक ’ए’ डिभिजन क्लब संकटा फुटबल क्लबलाई खेल पोशाक कम्पनि युक्यानले प्रायोजन गरेको छ । 

1 year ago

सहिद स्मारक ’ए’ डिभिजन क्लब संकटा फुटबल क्लबलाई खेल पोशाक कम्पनि युक्यानले प्रायोजन गरेको छ । 

युक्यानले संकटालाई एक वर्षको लागि प्रायोजन गरेको हो । युक्यानले किट पार्टनरको रुपमा संकटालाई प्रायोजन गरेको हो । युक्यानका सिईओ राजन महर्जन र संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन । सम्झौतासँगै संकटाले ’ए’ डिभिजन लिगमा युक्यानको खेल पोशाक लगाउने छ । कार्यक्रममा संकटा नयाँ सिजनको लिगमा लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो । यस्तै संकटाले स्टाइलिस पार्टनरको रुपमा निल डेभिड सलुन सँग सम्झौता गरेको छ  । संकटाका अध्यक्ष तुलाधर र निल डेभिडका अनुराग कँडेलबीच सम्झौतामा हस्ताक्षर भयो ।