सवै दलको समर्थनमा विश्वासको मत पाउछुः प्रचण्ड

1 year ago

सवै दलको समर्थनमा विश्वासको मत पाउछुः प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सवै दलको समर्थनमा विश्वासको मत पाउने बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग सक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले आफुले सत प्रतिशत सांसदको विश्वासको मत पाउने बताउनुभएको हो । यसअघि आफुले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत आशा गरेपनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदै हुनुहुन्छ ।