स्ववियु निर्वाचनको मतदान चल्दै

1 year ago

स्ववियु निर्वाचनको मतदान चल्दै

 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदान भएको छ ।

देशभरिका आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । केहि क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान प्रक्रिया रोकिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा १४ बर्षपछि स्ववियु निर्वाचन भएको हो । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । सरकारले विश्वविद्यालयमा क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।