स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजदेखि सुरु

1 year ago

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजदेखि सुरु

 

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ ।

निर्वाचनका लाथि विद्यार्थी सङ्गठनले दर्ता गराएका छन् । बिभिन्न क्याम्पसमा र्यालीसहित उनीहरुले संगठनको नाम दर्ता गराएका हुन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने छन् । यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।

यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।