सरकारलाई समर्थन गरिरहेका दलहरुले सत्तास्वार्थको राजनीति गरिरहेको ओलीको आरोप

1 year ago

सरकारलाई समर्थन गरिरहेका दलहरुले सत्तास्वार्थको राजनीति गरिरहेको ओलीको आरोप

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा रहेका र सरकारलाई समर्थन गरिरहेका दलहरुले सत्तास्वार्थको राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।

सुखानी बलिदानको स्मृतिमा नेकपा एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको ५० औं सहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले स्वार्थको राजनीतिक गर्दा मुलुक अप्ठेरो अवस्थामा पुगेको समेत बताउनुभयो । उहाले केहि दलले स्वार्थको राजनीति गर्दा एमालेलाई कुनै अप्ठेरो नभएपनि यसका कारण देशको अर्थतन्त्र र राष्ट्रिय स्वाधिनतामा असर परिरहेको जिकिर गर्नुभयो ।

ओलीले मुलुकको राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ बिपरितका काम गर्न खोजे एमालेले सफल हुन नदिने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले २०५२ सालपछि राजनीतिक स्वार्थका लागि मानिस मारिएको जिकिर गर्नुभयो । ६३ सालमा वृहत शान्ति सम्झौता भएको र ६५ सालमा राजतन्त्र संविधान सभाले हटाएकाले यसको श्रेय जनयुद्धलाई जान नक्ने उहाको भनाइ छ ।

झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी २००९ फागुन २१ गते हत्या गरिएको थियो । हत्या भएको दिनलाई एमालेले सहीद दिवसका रुपमा मनाउदै आएको छ ।