स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल नेपालमा होली पर्वसंगै आयोजना

1 year ago

स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल नेपालमा होली पर्वसंगै आयोजना

 

स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवललाई पनि नेपालमा होली पर्वसंगै आयोजना गरिएको छ ।

गोलभेडामाथि खेलेर र गोलभेडा प्रहार गरेर काठमाडौंमा ला टोमाटिनो फेस्टिवल आयोजना गरिएको हो । ग्लोवल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटनलाई प्रर्वधन गर्नका लागि उक्त फेस्टिवल आयोजना गरेको जनाएको छ । नेपाललाई सधैं भरि पर्यटन सिजनका रुपमा लैजानुपर्ने भन्दै होली महोत्सब र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल एकसाथ मनाइएको काउन्सिलको भनाइ छ ।