संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाउन सवै दलले साथ दिनुपर्छः माधव नेपाल

1 year ago

संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाउन सवै दलले साथ दिनुपर्छः माधव नेपाल

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाउन सवै दलले साथ दिनुपर्ने बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी बिधेयकमा धेरै लामो समयदेखि चर्चा चल्दै आएकाले अव शान्तिप्रक्रियालाई टुङ्गोमा पुराउन सवै दलहरुले साथ दिनुपर्ने बताउनुभएको हो । यसबिषयमा यसअघि नै दलहरुबीच सहमति भइरहेको र अहिले पनि प्रतिपक्षी दलमा पनि बिपती नरहेको उहाको भनाइ छ । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि प्रतिपक्षीमा बस्न सकिने भएकाले सवै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिदा राम्रो हुने धारणा राख्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादका नेता प्रकाश ज्वालाले पनि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनका लागि निकै ढिलाई भइसकेको अवस्थामा टिआरसी बिधेयकमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले टिआरसी बिधेयकमा आपत्ती जनाउनुपर्ने कुनै कारण नरहेको सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई फास्ट ट्रयाकबाट अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

निधिले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका कारण पार्टीभित्रको काम अघि बढ्न नसकेको भन्दै अव बिस्तारै महाधिवेशनपछि कांग्रेस पार्टीभित्र बाँकी रहेका काम अघि बढ्ने जानकारी दिनुभयो ।