शान्ति, संविधान र उपलव्धीको रक्षाका लागि पुरानै गठबन्धनमा फर्किनुपरेको प्रचण्डको भनाई

1 year ago

शान्ति, संविधान र उपलव्धीको रक्षाका लागि पुरानै गठबन्धनमा फर्किनुपरेको प्रचण्डको भनाई

 

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शान्ति, संविधान र उपलव्धीको रक्षाका लागि पुरानै गठबन्धनमा फर्किनुपरेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिदै एमालेबाट शान्ति, संविधान र उपलव्धीको रक्षाको संभावना नदेखेपछि आफु पुरानै गठबन्धनमा फर्किनुपरेको बताउनुभएको हो । उहाले आफुलाई पद नभएर संविधान, शान्ति, लोकतन्त्र गणतन्त्र नै प्यारो भएकाले दुई महिनामा नै गठबन्धन परिवर्तन गर्नुपरेको जिकिर गर्नुभयो । प्रचण्डले आफु एमाले खोज्दै नगएको भन्दै एमालेले नै आफुलाई खोज्दै आएको तर्क गर्नुभयो । उहाले दुईपल्ट केपी ओलीलाई प्रधानमन्त्री बनाएको भन्दै एउटा तिरेको र अर्को बाँकी नै रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले पुष १० गते भएको सहमति बिपरित केपी ओलीले संविधान बिघटन लगाएतका बिषयमा बोलेका कारण कांग्रेससंग लभ परेको उल्लेख गर्नुभयो । कांग्रेससंगको लभ पदका लागि नभएर प्राप्त उपलव्धी रक्षाका लागि नै भएको उहाको भनाइ छ ।

उहाले एजेण्डकै कारण अहिलेको गठबन्धन टिक्ने र पटक पटक विश्वासको मत लिने अवस्था नआउने बताउनुभयो ।