शितल निवासबाट बाहिरिइन् निर्वतमान राष्ट्रपति

1 year ago

शितल निवासबाट बाहिरिइन् निर्वतमान राष्ट्रपति

 

निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी दोश्रो कार्यकाल पुरा गरि शितल निवासबाट बाहिरिनुभएको छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मानसहित राष्ट्रपति भवनबाट बाहिरिनुभएको हो । शितल निवासबाट बाहिरिदा भण्डारीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । निर्वतमान राष्ट्रपति भण्डारी शितल निवासबाट बालुवाटारस्थीत छोरीको घरमा जानुभएको छ । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उहा अहिलेका लागि छोरीको घरमा बस्नुभएको हो ।