वर्तमान गठबन्धन पाँच बर्ष टिक्छः माधव नेपाल

1 year ago

वर्तमान गठबन्धन पाँच बर्ष टिक्छः माधव नेपाल

 

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धन पाँच बर्ष टिक्ने दावी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बसेको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा भाग लिदै नेपालले राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न गठबन्धन पाँच बर्ष टिक्ने दावी गर्नुभएको हो । उहाले वर्तमान गठबन्धनले नै मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभयो । उहाले अहिलेको अवस्था आउनसक्ने पहिले नै आँकलन गरिएको बताउँदै यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरेको बताउनुभयो । आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान जान नसक्ने भन्दै उहाले यसप्रति सबै नेता र सांसदले ध्यान दिनुपर्ने बताउनुभयो । उहाले वर्तमान सरकारबाट एमालेलाई आउट गर्नुपर्ने कारण खोज र अनुसन्धानको विषय हुनुपर्ने तर्क गर्नुभयो ।

अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।