विप्‍लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टीको एकता

1 year ago

विप्‍लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टीको एकता

 

विप्‍लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टीको एकताको घोषणा भएको छ ।

बुधबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि दुई पार्टीले एकताको घोषणा गरेका हुन् । नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नका र जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माणका लागि एकतावद्ध भएर अघि बढ्ने सहमति गरेको दुई पार्टीले जनाएको छ ।

त्यस्तै दुई पार्टीले क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले संसदको गोलचक्कर र संसदमा हराउने कम्युनिष्ट आन्दोलनले नेपाली जनताको हित र मुलुकको स्वाधिनताको रक्षा गर्न नसक्ने बताउनुभयो ।

उहाले जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गर्न खोज्दैमा कम्युनिष्ट पाटी नडराउने जिकिर गर्नुभयो । विप्लवले ६३–६४ पछि माओवादीले उठाएका बिषयहरु निष्कर्षमा पुग्न नसकेका कारण नै माओवादीलाई कमजोर बनाउने कोशिस भइरहेको बताउनुभयो ।

त्यस्तै नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाले नेपालको राजनीतिक संकटलाई समाधान गर्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरु एक हुनुपर्ने बताउनुभयो । उहाले अव माओवादी क्रान्तिकारी शक्तिहरु एकैठाउ आउनुपर्ने बताउनुभयो ।